हिमालयम टाईम्स अंग्रेजी दैनिक पत्रिकाको सन् २०१२
जुन २ को अंक तदनुसार २०६९ जेष्ठ २० गते
को पत्रिका को एउटा समिक्षाले नेपाल प्रहरीको अपराध अनुसन्धानको पाटोलाई
ध्यानाकर्षण गराएको छ त्यो विश्लेषणात्मक छोँटो टिप्पणीमा नेपाल प्रहरी
अपराधका घटना घटिसकेपछि अनुसन्धान गर्ने र अपराधी पत्ता लगाउने सबालमा एउटा सहि
दिशामा छ र राम्रो छबी कायम गरेको छ । तर अपराध हुनु पुर्वको अवस्था, अपराध रोकथामको
सवालमा अपराध हुन नदिन वा गर्न नपाउने गराउन जुन खालको उपायहरू अवलम्बन गर्न सक्नु
पर्ने हो त्यो गर्न अझै धेरै पछाडी छ वा भनौ धेरै अगाडी बढ्नु पर्छ भन्ने टिप्पणी
देखियो । यो टिप्पणी नेपाल प्रहरीका लागी एउटा सूचकांक पनि हो । यो कति
सफल वा असफल छ वा भनौ कँहा निर चुकेको छ र कँहा निर यसले आफ्नो सहि बाटो
पहिल्याएको छ ? यस्ता खालका स्वस्थ आलोचनात्मक टिप्पणी जो बस्तुगत धरातलमा
रहेर गरिएको हुन्छ त्यसले ऐनाको काम गर्दछ र सुधार र विस्तार सहयोग पुर्याउँदछ ।
उपत्यका
भित्र र बाहिर बिगतमा भएका त्यस्ता सनसनिपूर्ण सँवेदनशिल घटनाहरू छन् जसको अनुसन्धान प्रहरीले बडो
सक्षमतापूर्वक सम्पन्न गरेको छ र अपराधीलाई न्यायालयको कठघरामा उभ्याएको छ ।
अनुसन्धान सफल हुन
एउटा अनुसन्धानकर्ता वा घटना सम्बद्ध सूचनाको प्राप्ती मात्र पर्याप्त हँदैन ।
त्यसका लागी सहि सूचना, अनुसन्धानकर्ताहरू सबैको लगाव , सहि सूचनाको निरन्तरता,
प्रविधीको प्रयोग, सूचना विश्लेषण, नागरीक र अन्य सम्बद्ध क्षेत्र बाट सहयोग,
श्रोत साधनको उपयोग र पर्याप्तता आदी सबैले उत्तिकै महत्व राख्छन् । यसको
सकारात्मक परिणाम भनेको सफल अनुसन्धान र त्यस पछी वास्तविकताको जानकारी सर्वसाधारण
सबैमा आउनु नै हो । अपराध भै सकेपछि अपराधी नउम्कियोस र त्यसलाई पत्ता लगाउनै पर्छ
भन्ने पिडित पक्ष देखी अन्य सबै पक्षको धारणा रहेको हुन्छ र अपराधी पत्ता लागेपछी
मानिसमा एउटा सन्तोषको अनुभूति हुन्छ । अपराधी उम्किन पाएन भने अब त्यसले दण्ड
भोग्ने छ अनि समाजमा पून : त्यस्ता अपराधिक प्रकृति दोहोरिने छैनन् भन्ने आशा
जागेको हुन्छ ।
अपराध भै सकेपछिको अवस्थामा
अनुसन्धान गर्न को लागि धेरै समय, श्रम र धनको समेत खर्च हुन जान्छ । साथ साथै
जनतामा सुरक्षाको खतराको आभाष बढ्दै जानाले सरकारको वा सुरक्षा निकायको विश्वसनियतामा
कम हुदै जान्छ ।
यसको परिणाम सरकार
असफल हुने सम्मको अवस्था आउन सक्छ । जुन घटना बाट धन, जन वा भौतिक सम्पत्तिको नोक्सानि
भएको हुन्छ त्यसको पूर्ति कहिल्यै पनि हुन सक्दैन । घटना एउटा वा दुईवटा मात्र
नभएर धेरै संख्यामा हुन सक्छ अनि त्यो बेला कति घटनाको अनुसन्धानमा कति जनशक्ति लगाउने
र कति श्रोत साधन आवश्यक पर्छ त्यो एकिन गर्न पनि सकिदैन । त्यसैले समाजमा ल्याउने
हलचल कतिको दुष्परिणाम युक्त हुन्छ त्यो पनि भन्न सकिदैन अत: अपराध अनुसन्धानको
सफलतानै प्रहरीको सम्पूर्ण सफलता भन्न सक्ने अवस्था हुदैन ।
अपराध पछिको अनुसन्धान भनेको दुर्घटना पछिको
उपचार जस्तै हो । जहाँ दुर्घटना भैसकेपछि धेरै धनजनको क्षेति भोग्नु नै पर्दछ ।
अत: अपराध अनुसन्धान प्रहरीको पहिलो रोजाई हुन सक्दैन । अपराध रोकथाम पहिलो
प्राथमिकता भित्र पर्दछ र त्यस पछि अपराध नियन्त्रण अन्तिममा मात्र अपराध
अनुसन्धान पर्दछ ।
प्रहरीले
अपराध रोकथाम र अपराध नियन्त्रणका लागी PROACTIVE POLICING गरेको छ वा छैन ? गरेको छ भने के कसरी कति गरेको छ
? भन्ने आम नागरिकमा जानकारी हुनु आवश्यक
देखीन्छ। आम नागरिकमा जानकारी भएमा तुलनात्मकरूपमा धेरै वा थोरै कति काम ठिक वा बेठिक गरेको छ भन्ने छुट्टाउन सजिलो हुन जान्छ
भने जानकारी नहुँदा गरेकै छैन कि भन्ने भान पर्नु स्वभाविक पनि हो ।
प्रहरी
संगठनको संरचनामा केन्द्रमा प्रहरी प्रधान कार्यालय र गाँउ स्तर सम्म प्रहरी चौकी
फैलिएको छ । यसरी हेर्दा प्रधान कार्यालय यस मातहत विभागहरू, प्रहरी प्रशिक्षण प्रतिष्ठान,
अस्पताल पर्दछन् साथै काठमाण्डौमा महानगरीय प्रहरी आयुक्तको कार्यालय तथा अन्य
क्षेत्रमा क्षेत्रिय प्रहरी कार्यालयहरू स्थापित छन् । आयुक्त कार्यालय मातहत परिसर,परिसर
मातहत वृत्त, वृत्त मातहत प्रभाग छन् भने काठमाण्डौ , भक्तपुर ,ललितपुर तिनै
जिल्लामा ग्रामिण प्रहरीको पनि व्यवस्था गरीएको छ ।क्षेत्रिय प्रहरी मातहतमा अञ्चल
प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय, जिल्ला
प्रहरी कार्यालय मातहत नगर प्रहरी बडा प्रहरी तथा ई.प्र.का हरू रहेका छन् ।
यसै गरी ई.प्र.का मातहतमा चौकीहरू रहेका छन् ।
उल्लेखित प्रहरी इकाइहरूमा रहने प्रहरी कर्मचारीहरूलाई तालिम दिन तालिम केन्द्र र
थप
जनशक्ति आवश्यक पर्दा परिचालन हुने गरी तालिम
प्राप्त जनशक्तिहरु कार्यदल, सशस्त्र प्रहरी गण र दँगां प्रहरी गणमा रहेको छ ।
PROACTIVE POLICING को मान्यता अनुसार अपराधका घटना हुन नदिनका
निमित्त केन्द्र देखी चौकीस्तर सम्मनै आ-आफ्नो जिम्मेवारी क्षेत्रको ईलाकामा २४
घण्टा पैदल गस्ति, मोबाईल (मोटर बाट) गस्ति , लामो दुरीको गस्ति ( LRP ), विट तथा पिकेट बाट गश्ति, छड्के चेक जाँच, सादा पोशाकमा
परिचालन, एकै साथ धेरै स्थानमा चेकजाँच( VIGOUROUS CHECKING), हाईबे चेकिङ (राजमार्गमा चेक जाँच), कुनै स्थान बिशेषमा खानतलासी ( SEARCH ) तथा घेरा बन्दि ( CORDON ) र (RAID ) अकस्मात
खोजतलास आदि जस्ता बिभिन्न कृयाकलापहरू नियमित रूपमा संचालन गरिएको हुन्छ । आ
आफ्नो जिम्मेवारी क्षेत्रमा अपराध हुन नदिन सतर्कता अपनाईएको छ ।
काठमाण्डौ महानगर भित्र काठमाण्डौमा ४०, ललितपुर
र भक्तपुरमा १०/१० ओटा सवारीसाधनमा २४ सै घण्टा गस्तिमा रहने गरी सि.आ.भि ( CONTROL ROOM VEHICLE ) को अवधारणा अनुसार परिचालित रहेका छन् जसको
नियन्त्रण सिधै महानगरको (Control
Room) परिचालन कक्षबाट
GIS ( GEOGRAPHICAL INFORMATION SYSTEM
), GPS (Global Positioning System) बाट अनुगमन गर्ने गरीएको छ । काठमाण्डौ, भक्तपुर,
ललितपुर भित्र रहेको सिसि टि.भि क्यामराको माध्यमबाट महानगरको (Control Room) परिचालन कक्षले बिभिन्न स्थानको गतिबिधिलाई
निरन्तर हेरिरहेको हुन्छ । जसबाट सर्वसधारण तथा प्रहरीकै गतिबिधि समेत लाई हेर्ने
गरीन्छ । । काठमाण्डौ उपत्यका भित्र ५८ स्थानमा १०३ क्यामरा रहेका छन् र यसको
बिस्तार गर्ने काम बढ्दो छ। यसै गरी काठमाण्डौ बाहिरका मुख्य शहरमा पनि सिसि टि.भी
को स्थापना वा प्रयोग गर्ने क्रम बढ्दो छ । यसै गरी अपराध रोकथाम तथा नियन्त्रणमा
सधाउ पुराउन र पुलिस पब्लिक पाटर्नरसिपको अवधारणा लाई सबल बनाउन सामुदायिक सेवा
केन्द्रको स्थापमा गरीएको र यस्ता केन्द्र काठमाण्डौ उपत्यका भित्र मात्र २६ बटा
रहेका छन् । यसरी प्रहरीले प्रोयाक्टिभ पुलिसिगं का लागि प्रशस्त कार्य गरेको छ ।
यसबाट प्राप्त परिणाम अपेक्षित रूपमा आयो आएन भन्ने प्रश्न गर्न सकिन्छ । अपराध
संख्याको आधारमा हेर्दा भारतको दिल्ली जहाँको जनसंख्या अनुमानित १ करोड ४० लाख
रहेको छ त्यहाँ सन् २००९ मा ४४४ बटा जवरजस्ति करणीका मुद्दा २१४९ अपहरण तथा वन्धक
बनाईएको मुद्दा
परेको तथ्याङक पाइएको छ जवकि नेपालको कुल
जनसंख्या २ करोड ७० लाखको अनुमान गर्दा पनि जवरजस्तिकरणी र ज.क उद्योग दुवै गरेर
४८२ मात्र दर्ता भएका छन् । यसैगरी अपहरण तथा बन्धक बनाईएको संख्या १४९ मात्र छ ।
काठमाण्डौ उपत्यकाको मात्र तथ्याङक हेर्दा पनि यहाँ जनसंख्या ४० लाख भन्दा माथीको
अनुमान गरीन्छ,जवरजस्तीकरणी र उद्योगमा ६६ तथा अपहरण तथा बन्धकमा २९ मात्र मुद्दा
दर्ता भएको देखिन्छ । भारत उत्तर प्रदेशको मात्र आँकडा हेर्दा १६ करोड जनसँख्या
रहेको ठाउँमा चोरीको मुद्दा दर्ता संख्या २९२२६ रहेको देखिन्छ भने नेपालभरमा ८३४ मात्र देखिन्छ । यसै गरी सन् २००९ को
तथ्याँक अनुसार भारत उत्तर प्रदेशमा मात्र ३२९७ जना मृतक ब्यक्तिको पहिचान खुल्न
नसकेको देखीन्छ । नेपालमा त्यस्तो अवस्था छैन । उल्लेखित तथ्याँकको आधारमा विश्लेषण
गर्दा नेपालमा अपराध धैरे भएको र प्रहरीले
अपराध रोकथाम गर्न सकेन भन्ने देखिदैन । अपराध निर्मूल गर्न सकिने पनि होइन ।
प्रबिधिले गर्दा अपराध र अपराधिको अन्तर्राष्ट्रियकरण हुन पुगेको छ । जे भएपनि अपराध
कम हुन प्रहरीको सकृयता रहनै पर्दछ ।
अपराध कम गर्न प्रहरीको क्षमता, सीप, हालको जनशक्तिको
ब्यबस्थापन सूचना संकलन तथा बिश्लेणका लागि ईण्टेलीजेन्स ब्यूरो स्थापना तालिमको ब्यबस्था , स्रोत साधन, संचार,सवारी
त्यसका लागि मर्मत संभारका लागि बजेट ईन्धनको प्रयाप्तता, जनशक्तिमा बृद्धि वा
आधुनिक प्रबिधीको प्रयोगमा अग्रसरता निरन्तरता तथा कर्मछारीको मनोबल बृद्धिको
वातावरण तथा राजनैतिक स्थितरता एवं बिधीको शासनमा सरकार र जनताबाट अपेक्षित सहयोग प्राप्त भएमा अपराध रोकथाम र
नियन्त्रणमा धैरे सुधार आउने सुनिश्चित अबस्था रहेको देखिन्छ । यसका निमित्त मुख्य
गरी सरकारको ध्यान आकर्षित हुन आबश्यक छ ।
No comments:
Post a Comment